Jul 28, 2019

काठमाडौ मुद्रण उद्योग संघमा श्रेष्ठ

रामहरि बस्नेत । काठमाडौँ, १२ साउन : काठमाडौ मुद्रण उद्योग संघको छैठौ बार्षिक साधारण सभाले घननारायण श्रेष्ठको अध्यक्षतामा १४ सदसिय कार्यसमिती निर्विरोध चयन गरेको छ । राजधानीमा शनिबार सम्पन्न संघको छैठौ बार्षिक साधारण सभाले अध्यक्ष श्रेष्ठलगायत कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्बिरोध निर्वाचित गरेको छ ।

निर्बिरोध निर्वाचित संघको उपाध्यक्षमा प्रेम प्रसाद आचार्य, सचिवमा दुर्गा प्रसाद ढकाल, सहसचिवमा बिष्णु प्रसाद पोख्रेल, कोषाध्यक्षमा कुमोद खतिवडा , सहकोषाध्यक्षमा श्याम सुन्दर गैरे तथा सदस्यहरुमा गायत्री अधिकारी, जनक बहादुर खड्का, शंकर प्रसाद ढकाल, खिलनाथ लुईटेल, योगेन्द्र कुमार राई, मानव केसी, मनोज कुमार सिवाकोटी, लक्ष्मण सिलवाल शर्मा रहनु भएको छ ।

नव निर्वाचित संघका पदाधिकारी तथा सदस्यहरुलाई मुद्रण उद्योग महासंघका महासचिव युवराज श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो भने महासंघका अध्यक्ष पुस्कल गौतम र निवर्तमान अध्यक्ष माधव केसीले बधाई तथा शुभकामना दिनु भएको थियो ।

नव निर्वाचित अध्यक्ष घन नारायण श्रेष्ठले आफुलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण व्यवसायीहरु प्रति आभार व्यक्त गर्दै व्यवसायीहरु हकहितका लागि हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।